07.12.19 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे – यो
पावन बन्ने पढाइ सबै पढाइ भन्दा सहज छ । यसलाई बाल , युवा , वृद्ध सबैले पढ्न सक्छन्
। केवल ८४ जन्मलाई जान्नु छ।”
प्रश्न:–
सानो वा ठूलो
हरेकले कुनचाहिँ अभ्यास अवश्य गर्नुपर्छ?
उत्तर:–
हरेकले मुरली
सुनाउने अभ्यास अवश्य गर्नुपर्छ किनकि तिमी मुरलीधरका सन्तान हौ। यदि मुरली
सुनाउँदैनौ भने उच्च पद पाउन सक्दैनौ। कसैलाई सुनाइरह्यो भने मुख खुल्दै जान्छ।
तिमीहरू हरेक बाबा समान टिचर अवश्य बन्नु छ। जो पढ्छौ त्यो पढाउनु छ। साना
बच्चाहरूलाई पनि यो पढाइ पढ्ने हक छ। उनीहरू पनि बेहदका बाबाको वर्सा लिने अधिकारी
हुन्।
ओम् शान्ति ।
अब आउँदैछ
शिवबाबाको जयन्ती। त्यसमा कसरी सम्झाउनु पर्छ? बाबाले तिमीलाई सम्झाउनु भएको छ,
त्यस्तै तिमीले अरूलाई सम्झाउनु पर्छ। यस्तो त होइन, बाबा जसरी तिमीलाई पढाउनु
हुन्छ त्यसैगरी बाबाले सबैलाई पढाउनु छ। शिवबाबाले तिमीलाई पढाउनु भएको छ, जानेका
छौ– यस शरीरद्वारा पढाउनु भएको छ। अवश्य हामी शिवबाबाको जयन्ती मनाउँछौं। हामी नाम
पनि शिवको लिन्छौं। उहाँ त हुनुहुन्छ नै निराकार, उहाँलाई शिव भनिन्छ। उनीहरूले
भन्छन्– शिव त जन्म-मरणरहित हुनुहुन्छ। उहाँको जयन्ती कसरी हुन्छ? यो त तिमीलाई थाहा
छ– कसरी नम्बरवार मनाउँदै आउँछन्। मनाउँदै रहन्छन्। त्यसैले उनीहरूलाई सम्झाउनु
पर्छ। बाबा आएर यस तनको आधार लिनुहुन्छ। मुख त अवश्य चाहिन्छ, त्यसैले गौमुखको महिमा
छ। यो रहस्य थोरै पेचिलो छ। शिवबाबाको कर्तव्य बारे सम्झाउनु छ। हाम्रा बेहदका बाबा
आउनु भएको छ, उहाँद्वारा नै हामीलाई बेहदको वर्सा मिल्छ। अवश्य बेहदको वर्सा
दिनुभएको थियो, यो कसैलाई थाहा छैन। भारतवर्षलाई नै सचखण्ड भनिन्छ र बाबालाई पनि
सत्य भनिन्छ। यो कुरा सम्झाउनु पर्छ, कसैलाई फेरि छिटै समझमा आउदैन। कसैले छिट्टै
सम्झन्छन्। यो योग र पढाइ दुवै भुल्ने चीज हुन्। त्यसमा पनि योग त धेरै भुल्न
सकिन्छ। ज्ञान त बुद्धिमा रहन्छ नै बाँकी याद नै घरी-घरी भुल्छन्। ज्ञान त तिम्रो
बुद्धिमा छँदैछ हामी कसरी ८४ जन्म लिन्छौं, जसलाई यो ज्ञान छ, तिनैले बुद्धिद्वारा
बुझ्न सक्छन् जो पहिलो नम्बरमा आउँछन् तिनैले ८४ जन्म लिन्छन्। पहिलो उच्च
लक्ष्मी-नारायणलाई भनिन्छ। नरबाट नरायण बन्ने कथा पनि प्रसिद्ध छ। पूर्णिमामा धेरै
ठाउँमा सत्यनारायणको कथा लाग्छ। अहिले तिमीलाई थाहा छ– हामीले साच्चै बाबाद्वारा
नरबाट नारायण बन्ने पढाइ पढ्छौं। यो हो पावन बन्ने पढाइ त्यो पनि अरू सबै पढाइ भन्दा
बिलकुल सहज छ। ८४ जन्मको चक्रलाई जान्नु छ। यो पढाइ सबैको लागि एउटै छ। वृद्ध, बच्चा,
जवान जति पनि छन्, सबैको लागि एउटै पढाइ हो। साना बच्चाहरूलाई पनि हक छ। यदि
माता-पिताले यिनीहरूलाई अलि-अलि सिकाउँदै रहे भने समय त धेरै छ नि। बच्चाहरूलाई पनि
यो सिकाइन्छ– शिवबाबालाई याद गर। आत्मा र शरीर दुवैका पिता बेग्ला-बेग्लै छन्। आत्मा
बच्चा पनि निराकार छ भने बाबा पनि निराकारी हुनुहन्छ। उहाँ निराकार शिवबाबा हाम्रा
बाबा हुनुहुन्छ, कति सानो हुनुहुन्छ। यो पनि तिमी बच्चाहरूको बुद्धिमा छ। यो
राम्रोसँग याद राख्नु छ। भुल्नु हुँदैन। हामी आत्मा पनि बिन्दु समान साना छौं। यस्तो
होइन, माथि गयौं भने ठूलो देखिन्छ, तल सानो हुन्छ। होइन, त्यो त हो बिन्दु। माथि गयौ
भने तिमीले देख्दा पनि देख्दैनौ। बिन्दु हो नि। बिन्दु के देखिन्छ र। यी कुरामा
बच्चाहरूले राम्ररी विचार गर्नुपर्छ। हामी आत्मा माथिबाट आएका हौं, शरीरमा खेल
खेल्न। आत्मा घट-बढ हुँदैन। अंगहरू पहिला साना, पछि ठूला हुन्छन्।
अहिले जसरी तिमीले सम्झेका छौ, त्यस्तै गरी अरूलाई पनि सम्झाउनु छ। अवश्य नम्बरवार
जसले जति पढेको छ त्यति नै पढाउँछ। सबैले टिचर पनि अवश्य बन्नु छ, सिकाउनको लागि।
बाबामा त ज्ञान छ, उहाँ यति सूक्ष्म, परम आत्मा हुनुहुन्छ, सधैं परमधाममा रहनुहुन्छ।
यहाँ एकै पटक संगममा आउनु हुन्छ। बाबालाई तब मात्र पुकार्छन् जब धेरै दु:खी हुन्छन्।
भन्छन्– आएर हामीलाई सुखी बनाउनुहोस्। बच्चाहरूले अहिले जानेका छन्, हामीले पुकार्दै
रह्यौं– बाबा! आएर हामीलाई पतित दुनियाँबाट नयाँ सत्ययुगी सुखी पावन दुनियाँमा लिएर
जानुहोस् अथवा त्यहाँ जाने मार्ग बताउनुहोस्। त्यो पनि जब उहाँ स्वयं आउनु हुन्छ तब
मार्ग बताउनु हुन्छ। उहाँ तब आउनु हुन्छ जब दुनियाँलाई बदल्नुपर्छ। यो धेरै सरल कुरा
हो, नोट गर्नु छ। बाबाले आज यो सम्झाउनु भएको छ, हामी पनि यसरी सम्झाउँदै गरौं।
यस्तो अभ्यास गर्दा-गर्दा मुख खुल्छ। तिमी मुरलीधरका बच्चा हौ, तिमी पनि मुरलीधर
अवश्य बन्नु छ। जब अरूको कल्याण गर्छौ तब त नयाँ दुनियाँमा उच्च पद पाउने छौ। त्यो
पढाइ त यहाँको लागि हो। यो हो भविष्य नयाँ दुनियाँको लागि। त्यहाँ त सधैं सुखैसुख
हुन्छ। त्यहाँ ५ विकारले हैरान पार्दैन। यहाँ रावण राज्य अर्थात् पराइ राज्यमा हामी
छौं। तिमी नै पहिला आफ्नो राज्यमा थियौ। तिमीले भन्छौ– नयाँ दुनियाँ, फेरि त्यसैलाई
पुरानो दुनियाँ भनिन्छ। गायन पनि छ– नयाँ दुनियाँमा भारतवर्ष.... यस्तो भनिदैन– नयाँ
दुनियाँमा इस्लामी, बौद्धी। होइन। अहिले तिम्रो बुद्धिमा छ बाबा आएर हामी
बच्चाहरूलाई जगाउनु हुन्छ। ड्रामामा पार्ट नै उहाँको यस्तो छ। उहाँले आएर स्वर्ग
बनाउनु हुन्छ। भारतवर्ष नै पहिलो स्थान हो। यो पहिलो स्थानलाई नै स्वर्ग भनिन्छ।
भारतवर्षको आयु पनि सीमित छ। लाखौं वर्ष भन्नु यो त असीमित हुन्छ। लाखौं वर्षको कुनै
कुरा स्मृतिमा आउन सक्दैन। नयाँ भारत थियो, अहिले पुरानो भारत भनिन्छ। यही नै नयाँ
दुनियाँ हुन्छ। तिमीलाई थाहा छ– हामी अहिले नयाँ दुनियाँको मालिक बनिरहेका छौं।
बाबाले राय दिनुभएको छ– मलाई याद गर्यौ भने तिम्रो आत्मा पवित्र बन्छ र शरीर पनि नयाँ
मिल्छ। आत्मा र शरीर दुवै सतोप्रधान बन्छन्। तिमीलाई राज्य मिल्छ नै सुखको लागि। यो
ड्रामा पनि अनादि बनेको छ। नयाँ दुनियाँमा सुख र शान्ति हुन्छ। त्यहाँ कुनै तुफान
आदि हुँदैन। बेहदको शान्तिमा सबै शान्त हुन्छन्। यहाँ छ अशान्ति त्यसैले सबै अशान्त
छ। सत्ययुगमा सबै शान्त हुन्छन्। आश्चर्यजनक कुरा छ नि। यो अनादि बनीबनाऊ खेल हो।
यी हुन् बेहदका कुरा। त्यो हदको बेरिस्टरी, इन्जिनियरिङ्ग आदि पढ्छन्। अहिले तिम्रो
बुद्धिमा बेहदको ज्ञान छ। एकै पटक बाबा आएर बेहद ड्रामाको रहस्य सम्झाउनु हुन्छ।
पहिला त बेहदको ड्रामा कसरी चल्छ, यो नाम पनि सुनेका थिएनौं। अहिले सम्झन्छौं–
सत्ययुग-त्रेता बितिसक्यो, त्यसमा यिनीहरूको राज्य थियो। त्रेतामा राम राज्य थियो,
पछि फेरि अरू-अरू धर्म आए। इस्लामी, बौद्धी, क्रिश्चियन....। सबै धर्मका विषयमा पूरै
थाहा छ। यी सबै २५०० वर्ष भित्रै आएका हुन्। त्यसमा १२५० वर्ष कलियुग हो। सबै हिसाब
छ नि। यस्तो त होइन, सृष्टिको आयु नै २५०० वर्ष हो। होइन। ठीक छ, फेरि अरू को थिए,
विचार गरिन्छ। यिनीहरू भन्दा पहिला अवश्य देवी-देवता हुनुपर्छ। ती पनि थिए त मनुष्य
नै। तर दैवी गुण भएका थिए। सूर्यवंशी-चन्द्रवंशी २५०० वर्षमा। बाँकी आधामा उनीहरू
सबै थिए। यो भन्दा धेरै त हिसाब-किताब निस्किन सक्दैन। फुल, पौने, आधा, चौथाइ। चार
भाग छ। क्रमश: टुक्रा-टुक्रा गरिन्छ नि। आधामा त यो छ। भन्ने पनि गर्छन्– सत्ययुगमा
सूर्यवंशी राज्य, त्रेतामा चन्द्रवंशी रामराज्य। यो तिमी सिद्ध गरेर बताउँछौ।
सबैभन्दा धेरै आयु उनको हुन्छ, जो पहिला-पहिला सत्ययुगमा आउँछन्। कल्प नै ५ हजार
वर्षको छ। मानिसहरूले ८४ लाख योनि भन्छन्, त्यसैले कल्पको आयु पनि लाखौं वर्ष भन्छन्।
कसैले मान्दैन पनि। यति ठूलो दुनियाँ हुन पनि सक्दैन। त्यसैले बाबा बसेर सम्झाउनु
हुन्छ। त्यो सबै हो अज्ञान र यो हो ज्ञान। ज्ञान कहाँबाट आयो, यो पनि कसैलाई थाहा
छैन। ज्ञानका सागर त एउटै बाबा हुनुहुन्छ, उहाँले नै मुखद्वारा ज्ञान दिनुहुन्छ।
गौमुख भन्छन्। यिनै गौ माताबाट तिमीहरू सबैलाई एडप्ट गर्नुहुन्छ। यो थोरै कुरा
सम्झाउन त धेरै सरल छ। एक दिन सम्झाएर छोड्यौ भने बुद्धि फेरि अरू अरू कुरामा लाग्छ।
स्कुलमा एक दिन पढिन्छ या नियमित पढिन्छ! ज्ञान एक दिनमा बुझ्न सकिँदैन। बेहदका
बाबाले हामीलाई पढाउनु हुन्छ, त्यसैले अवश्य बेहदको पढाइ हुनुपर्छ। बेहदको राज्य
दिनुहुन्छ। यहाँ बेहदको राज्य थियो नि। यी लक्ष्मी-नारायणले बेहदको राज्य गर्थे।
यिनले राज्य कसरी लिए? यो कुरा कसैको सपनामा पनि छैन, जुन कुरा सोधून्। उनीहरूमा
पवित्रता धेरै थियो। योगी पनि हुन्, त्यसैले आयु पनि धेरै हुन्छ। हामी नै योगी थियौं।
फेरि ८४ जन्म लिएर भोगी पनि अवश्य बन्नु छ। यी पनि अवश्य पुनर्जन्ममा आएका होलान्।
मानिसहरूले यो जानेका छैनन्। यिनलाई भगवान भगवती भनिदैन। यिनीहरू भन्दा पहिला त कोही
पनि थिएनन् जसले ८४ जन्म लिएको होस्। पहिला-पहिला जो सत्ययुगमा राज्य गर्छन् उनले
नै ८४ जन्म लिन्छन्। फेरि नम्बरबार तल आउँछन्। हामी आत्मा नै देवता बन्छौं फेरि हामी
नै देवता, हामी नै क्षत्रिय... डिग्री कम हुँदै जान्छ। गायन पनि छ– पूज्य सो पुजारी,
सतोप्रधानबाट तमोप्रधान बन्छन्। यसरी पुनर्जन्म लिंदै-लिंदै तल झर्छन्। यो कति सहज
छ। तर माया यस्तो छ, जो सबै कुरा भुलाइदिन्छ। यी सबै प्वाइन्टहरू एकत्रित गरेर
किताब आदि बनाए पनि त्यो त केही पनि रहँदैन। यो अस्थायी हो। बाबाले कुनै गीता
सुनाउनु भएको थिएन। बाबाले त जसरी अहिले सम्झाइरहनु भएको छ त्यसैगरी सम्झाउनु भएको
थियो। यी वेद-शास्त्र आदि सबै पछि बन्छन्। यी सबै सामग्री जो छन् विनाश भयो भने सबै
जलेर जान्छन्। सत्ययुग-त्रेतामा कुनै पुस्तक हुँदैन फेरि भक्तिमार्गमा बन्छन्। कति
चीज बन्छन्। रावणलाई पनि बनाउँछन् तर बेसमझदारीसँग। केही पनि भन्न सक्दैनन्। बाबा
सम्झाउनु हुन्छ। यो प्रत्येक वर्ष बनाउँछन् र जलाउँछन्। अवश्य यो ठूलो दुस्मन हो।
तर दुस्मन कसरी हो, यो कसैले पनि जानेका छैनन्। उनीहरूले सम्झन्छन्– सीता चोरेर
लिएर गयो, त्यसैले सायद दुस्मन हो। रामकी सीता चोरेर लिएर गयो, त्यसैले ठूलो डाँकू
भयो नि... कहिले चोरी गर्यो? त्रेतामा भनौं वा त्रेताको अन्त्यमा? यी कुरामा पनि
विचार गर्नुपर्छ। कहिले चोरी हुनुपर्छ! कुनचाहिँ रामकी सीता चोरी भयो? के राम-सीताको
पनि राजधानी थियो र? एकै राम-सीता चल्दै आएका हुन् र? यो शास्त्रमा मानौं एक कहानी
लेखिएको छ। विचार गरिन्छ, कुनचाहिँ सीता? १२ नम्बर हुन्छन् नि राम-सीता। त्यसैले
कुनचाहिँ सीतालाई चोरियो? अवश्य पछाडिको होलिन्। यो जो भन्छन् रामकी सीता लग्यो।
रामको राज्यमा सारा समय एकको नै राज्य त हुँदैन। अवश्य डिनायस्टी हुनुपर्छ। त्यसैले
कुनचाहिँ नम्बरकी सीता चोरियो? यो सबै धेरै बुझ्नु पर्ने कुरा हो। तिमी बच्चाहरू
धेरै शीतलतासँग कसैलाई पनि यो सबै रहस्य सम्झाउन सक्छौ।
बाबा सम्झाउनु हुन्छ– भक्तिमार्गमा मनुष्य धक्का खाँदा खाँदा कति दु:खी भएका छन्।
जब अति दु:खी हुन्छन् तब पुकार्छन्– बाबा यस दु:खबाट छुटाउनुहोस्। रावण त कुनै चीज
होइन। यदि हो भने आफ्नो राजालाई हरेक वर्ष किन मार्छन्! रावणकी पत्नी पनि अवश्य
होलिन्। मन्दोदरीलाई देखाउँछन्। मन्दोदरीको पुतला बनाएर जलाएको कहिल्यै देखिदैन।
बाबा बसेर सम्झाउनु हुन्छ– यो हो नै झुटो माया, झुटो काया....। अहिले तिमी झुटो
मनुष्यबाट सच्चा देवता बन्नको लागि बसेका हौ। फरक त छ नि। त्यहाँ त सधै सत्य बोल्छन्।
त्यो हो सत्यखण्ड। यो हो झुटोखण्ड। त्यसैले झुटै बोलिरहन्छन्। अच्छा।
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) ज्ञानसागर
बाबाले सधैं जुन बेहदको पढाइ पढाउनु हुन्छ, त्यसमा विचार सागर मन्थन गर्नु छ। जो
पढेका छौ, त्यो अरूलाई पनि अवश्य पढाउनु छ।
२) यो बेहदको ड्रामा
कसरी चलिरहेको छ, यो अनादि बनिबनाउ अद्भुत ड्रामा हो। यस रहस्यलाई राम्ररी बुझेर
फेरि बुझाउनु छ।
वरदान:–
आफ्ना सूक्ष्म
शक्तिहरूमाथि विजयी बन्ने राजऋषि , स्वराज्य अधिकारी आत्मा भव
कर्मेन्द्रियजित बन्न त सहज छ तर मन-बुद्धि-संस्कार– यी सूक्ष्म शक्तिहरूमाथि विजयी
बन्नु। यो सूक्ष्म अभ्यास हो। जुन बेला, जुन संकल्प, जुन संस्कार इमर्ज गर्न चाह्यो
त्यही संकल्प, त्यही संस्कार सहज अपनाउन सकियोस्– यसलाई भनिन्छ सूक्ष्म शक्तिहरूमाथि
विजय अर्थात् राजऋषि स्थिति। यदि संकल्प शक्तिलाई अर्डर गर्यौ– अहिले-भर्खर
एकाग्रचित होऊ भनेमा राजाको अर्डर त्यसै घडी त्यसै प्रकारले मान्नु यही हो– राज्य
अधिकारीको निशानी। यसै अभ्यासले अन्तिम परीक्षामा पास हुनेछौ।
स्लोगन:–
सेवाबाट जुन
आशीर्वाद मिल्छ, त्यो नै सबैभन्दा ठूलो देन हो।