BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


03.01.2015

अति स्नेही प्रिय बच्चाहरुको अति प्यारा बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म एक अति प्रिय सन्तान हुँ । बाबाको मसँग पवित्र र गहिरो स्नेह छ । यस रुहानी प्यारलाई स्मृतिमा ल्याउने बित्तिकै मेरो दिल हल्का र मन शान्त हुन्छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा— गुड मर्निङ्ग । मेरा बाबा, मीठा बाबा, प्यारा बाबा ! यो गीत सुन्नासाथ म सतर्क हुन्छु । मैले यो सम्झेको छु— यस अविनाशी गीतलाई निरन्तर गाएर म सधैं अगाडि बढिरहनेछु ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस । मीठे बच्चे, सिकीलधे बच्चे ! बाबाको प्यारको मीठो धुन सधैं तिम्रो कानमा गुञ्जिरहोस् । तिमी सधैं बाबाको महिमा र श्रेष्ठ जीवनको गीत गाइराख । ईश्वरीय ज्ञान र सर्व प्राप्तिहरुको गीत पनि सधैं तिम्रो दिलमा बजिरहोस् । तिमी स्वयंलाई सधैं यो मधुर संगीत सुनाएर व्यर्थबाट मुक्त होऊ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ—

तिमी कुनै पनि विघ्न आउँदा रुहानी जादुगर बनेर बाबाको र आफ्नो फरिश्ता स्वरुपको आह्वान गर्दछौ । यस युक्तिले तिमी मायाको प्रभावमा नपरेर सधैं उँचा उडान भरिरहन्छौ ।

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिश्ता ड्रेस पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।