BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


04.01.2015

सर्व सम्बन्ध निर्वाह गर्ने परमात्मासँग मायाजीत आत्माको कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म मायाजीत आत्मा हुँ । म बाबालाई सधैं आँखामा राखेर मायामाथि विजय प्राप्त गर्दछु । म आफ्नो कानद्वारा सधैं बाबाकै सुन्दछु । मेरो पाउ बाबालाई फलो गर्नको लागि त हो । म सधैं बाबाको हर कदममा कदम राखेर चल्दछु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा— गुड मर्निङ्ग । म सधैं हजुरलाई नै देख्छु, हजुरकै सुन्छु, हजुरको साथमा नै सुत्छु र हजुरको साथमा नै खान्छु । बाबा ! जब म सेवा गछु, तब अन्य आत्माहरुलाई हजुरको परिचय दिएर हजुरसँग मिल्ने प्रेरणा दिन्छु । यो अव्यभिचारी समर्पणले मलाई मायाजीत बनाउँछ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस । म कहिले तिम्रो पिता बन्छु, कहिले शिक्षक बनेर तिमीलाई पढाउँछु भने कहिले तिम्रो मित्र पनि बन्दछु । बाबाले तिमीलाई सर्व सम्बन्धको अनुभव गराउनुहुन्छ । केवल बाबाले नै यो सारा पार्ट बजाउन सक्नुहुन्छ र त्यो पनि केवल यस संगमयुगमा । तिमी बाबासँग जुन पनि सम्बन्धबाट मिल्न चाहन्छौ, मिल्न सक्छौ र आफ्नो उँचा भाग्य बनाउन सक्छौ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ—

पुरानो दुनियाँको त्याग गरेर तिम्रो हात ईश्वरीय खजानाहरुले भरिएका छन् । सम्पर्कमा आउने हरेक आत्मालाई तिमी यी खजानाहरुबाट भरपुर गरिदिन्छौ । यसबाट तिम्रो विश्व महाराजन दातापनको संस्कार इमर्ज हुन्छ ।

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिश्ता ड्रेस पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।