BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


05.01.2015

सच्चा सीताको परमात्मा रामसँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म सच्चा सच्चा सीता हुँ । म हर कदम श्रीमत प्रमाण चल्छु । साथ–साथै म सर्व मर्यादाहरुको पालन पनि गर्छु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा— गुड मर्निङ्ग । म यस पुरानो दुनियाँमा रहँदै आफ्नो लौकिक जिम्मेवारी निभाउँदै सधैं यस स्मृतिमा रहन्छु— म हजुरको सच्चा सच्चा सीता हुँ । मेरो हर श्वासमा हजुर रामको नै याद रहन्छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस । एक परमात्मा नै राम हुनुहुन्छ र तिमी नै सच्चा–सच्चा सीता हौ । सच्चा सीता बनेर तिमीले सधैं बाबाको यादमा  रहेर हर श्रीमतलाई निरन्तर फलो गर्नु छ । तिम्रो एक पनि कदम बाबाको डायरेक्शनको विरुद्ध नहोस् । जसरी रेल लिकमा सुरक्षित रहन्छ, ठीक त्यसै गरेर तिमी पनि अमृतबेलाको समय स्वयंलाई सेट गरेर सुरक्षित होऊ । यदि तिम्रो अमृतबेलाको डाउण्डेशन मजबुत भयो भने तिमीलाई बापदादाको सहयोग मिलिरहन्छ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ—

तिमी आत्माहरुको ज्योति बालेर उनलाई अगाडि बढाउँछौ र उनलाई उँचा उडाएर असीम सुख पाउँछौ । तिमी सधैं अरुलाई अगाडि राखेर इच्छा मात्रम् अविद्याको स्मृतिमा रहन्छौ । यस कारण तिमीले सबैको दिल जितेका छौ र विश्व कल्याणकारी बनेका छौ ।

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिश्ता ड्रेस पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।