BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


08.01.2015

मोहजित आत्माको कर्मातीत ब्रह्मा बाबासँग रुहरिहान

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म मोहजित आत्मा हुँ । म मोहसँग जित पाउनका लागि सारा दिन आफ्ना पाँचै स्वरुपको स्मृतिमा रहन्छु । १. म हजुरको सन्तान हुँ । २.म ईश्वरीय विद्यार्थी हुँ । ३. म रुहानी यात्री हुँ । ४. म रुहानी योद्धा हुँ । ५. म खदाई खिमदगार हुँ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा— गुड मर्निङ्ग । मैले विश्व कल्याणको जिम्मेवारी निभाउने प्रतिज्ञा लिएको छु । स्वर्णिम दुनियाँ ल्याउनका लागि म हजुरको सहयोगी बन्छु । यस जिम्मेवारीलाई राम्रोसँग पूरा गर्नका लागि मैले मोहलाई जित्नुपर्छ र स्मृति स्वरुप बन्नुपर्छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! जाग ! मसँग बस । अमृतवेला उठ्नेबित्तिकै तिमी बाबासँग रुहरिहान गर र आफ्नो पाँच स्वरुपलाई अनुभव गर— ईश्वरीय सन्तान, ईश्वरीय विद्यार्थी, रुहानी यात्री, रुहानी योद्धा र खुदाइ खिदमदगार । जब तिमी यी पाँचै स्वरुपबाट बाबासँग मिल्छौ भने तिमी कर्म बन्धनबाट छुट्नेछौ । सारा दिन भिन्न–भिन्न कार्य गर्दा–गर्दै पनि तिमी यी पाँच स्वरुपलाई स्मृतिमा राख । यसरी स्मृति स्वरुप बनेर तिमी मोहलाई जित्न सक्नेछौ र ब्रह्माबाबा समान कर्मातीत बन्नेछौ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा शान्तिका सागर हुनुहुन्छ । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ—

तिमी आत्माहरुको जादुयुक्त नयनले हर आत्माको विशेषता र सुन्दरतालाई नै देख्दछ । तिमीहरुको यस रुहानी दृष्टिद्वारा संगठन एकमत बन्दै गइरहेको छ र हर आत्माको दिलमा आफ्नोपनको भावना पैदा भइरहेको छ -

बेहदको सूक्ष्म सेवा : आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, म पूरै विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता ड्रेस पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं  । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।