BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    24.12.2014

 

बाबाको गोदको छत्रछायाँमा बसेको एक बच्चा

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म बाबाको बच्चा हुँ । परमपिता परमात्मा मेरा माता–पिता हुनुहुन्छ । बाबाका हातबाट मेरो पालना भइरहेको छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा— गुड मर्निङ्ग । बाबा ! सत्ययुगमा म रत्न–जडित झुलमा खेल्नेछु । तर अहिले संगममा मैले हजुरको गोदमा खेल्ने सौभाग्य प्राप्त गरिरहेको छु । यो मेरो श्रेष्ठ समय बिताउने साधन हो । बाबा हजुरको गोदमा बस्दा मलाई अतीन्द्रिय सुखको अनुभव भइरहेको छ ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे !  उठ ! म सँगै बस । सत्ययुगमा अन्य पवित्र आत्माहरुको सान्निध्यमा तिमी रत्न–जडित खेलौनासँग खेल्नेछौ । तर तिमी यहाँ मेरो साथ जे चाह्यो त्यो खेल खेल्न सक्छौ । तिमी मसँग साथीका रुपमा तथा माता–पिताका रुपमा खेल्न सक्छौ । तिमी  स्वयं बच्चा बनेर वा फेरि मलाई आफ्नो बच्चा बनाएर मसँग खेल्न सक्छौ । यस्तो विशेष र अविनाशी खेलौना तिमीलाई पूरा कल्पमा कहिल्यै पनि मिल्दैन ।

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनु भएको छ— दाता मात्रै स्वयं भरिपूर्ण हुन्छ । अब दुनियाँले बोली भन्दा प्रत्यक्ष प्रमाण देख्न चाहन्छन् । तिमीले गुण मूर्त बनेर सबैको मनोकामना पूर्ण गरिरहेका छौ । तिम्रा नयनले विशेषताको प्रकाश फैलाइरहेका छन् । तिम्रा कर्मले अरुलाई गुणवान बन्न सिकाइरहेका छन् । तिम्रो बोली गुणको उदाहरण बन्दै गइरहेको छ र तिम्रा श्रेष्ठ संकल्पका पंखले अन्य आत्माहरुलाई उनीहरुका निजी गुणको प्रकाश तर्फ उडान भर्ने प्रेरणा दिइरहेको छ ।

बेहदको सूक्ष्म सेवाः योगको अन्तिम १५ मिनेट

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म  विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।