28.12.2014
                              
                              
                              दिल तख्त नशीन बच्चाको 
                              “मेरा 
                              बाबासँग”
                              
                              
                              कुराकानी
                              
                              
                              पहिलो स्मृति
                              
                              
                              आँखा खुल्ने बित्तिकै संकल्प गरौं—
                              
                              
                              म आत्मा हुँ । म यस बसुन्धरालाई 
                              प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित 
                              भएकी छु ।
                              
                              
                              म को हुँ 
                              ?
                              
                              
                              म ईश्वरीय परिवारको एक वारिस बच्चा 
                              हुँ अनि म बाबाको दिल तख्तमा बेसेको छु । म यस 
                              रुहानी परिवारको सदस्य हुँ त्यसैले बाबाको दिलमा 
                              बसेको छु । 
                              
                              
                              
                              म कसकी हुँ 
                              ?
                              
                              
                              आत्माको बाबासँग कुराकानीः
                              
                              
                              मीठे बाबा—
                              
                              
                              गुड मर्निङ्ग । मेरा बाबा 
                              ! 
                              
                              मलाई यो आभास भएको छ कि हजुरका जति 
                              धेरै बच्चाहरु किन नहुन्,
                              
                              
                              हामी सबै हजुरको दिलमा बसेका छौं । 
                              मैले कसैसँग रिस गर्ने आवश्यकता छ्रैन किनकि हामी 
                              सबैको हजुरको दिल तख्तमा बराबर अधिकार छ । बाबा 
                              हजुरको दिल यति विशाल छ,
                              
                              
                              हामी सबै त्यस दिलमा अटेका छौं र 
                              त्यसमा अरुलाई पनि राख्ने बेहद क्षमता छ । 
                              
                              
                              
                              बाबाको आत्मासँग कुराकानीः
                              
                              
                              मीठे बच्चे 
                              !  
                              
                              जाग 
                              ! 
                              
                              मसँगै बस । तिमीले दिलबाट मेरो बाबा 
                              भन्ने बित्तिकै मैले तिमीलाई आफ्नो दिल तख्तमा 
                              बसालिदिन्छु । यो दिल तख्तले तिमीलाई स्वराज्य 
                              अधिकारी बनाइरहेको छ र तिमी राजा बन्दै गइरहेको छौ । 
                              यो तख्त तिमीले शासन गर्नका लागि हो । तिमी 
                              बच्चाहरुले आफ्नो राजतिलक र राजसी तख्त प्राप्त 
                              भएकोमा उत्सव माइरहेका छौ । यो तख्तको स्मृतिबाट 
                              तिमी बच्चाहरुले विघ्नलाई सजिलै पार गर्दै गइरहेका 
                              छौ । 
                              
                              
                              बाबाद्वारा प्रेरणाः
                              
                              
                              आफ्नो मनलाई सबै कुराबाट हटाएर 
                              बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस 
                              शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र 
                              सेवाको संकल्प लिइरहेको छु ।
                              
                              
                              बाबाद्वारा वरदानः
                              
                              
                              सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने 
                              मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो 
                              प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान 
                              दिइरहनुभएको छ—
                              
                              
                              
                              
                              संगम युगमा तिमी बच्चाहरुको गायन छ— 
                              “सुखका 
                              सागरका सन्तान,
                              
                              
                              सुखदेव”
                              
                              
                              । तिम्रो नम्रताबाट चारै तिर रुहानी 
                              खुशीको प्रकाश फैलिइरहेको छ । यो प्रकाशले तिम्रो 
                              सम्पर्कका सबै आत्माहरुको आन्तरिक सुन्दरतालाई 
                              प्रकाशित गरिरहेको छ र तिमी सर्व रचनाको प्रिय बन्दै 
                              गइरहेका छौ ।
                              
                              
                              बेहदको सूक्ष्म सेवाः 
                              (आखिरी 
                              पन्द्र मिनेट)
                              
                              
                              बाबाद्वारा प्राप्त यस वरदानलाई 
                              आफ्नो शुभ संकल्पद्वारा,
                              
                              
                              वरदाता बनेर,
                              
                              
                              मैले पूरा विश्वलाई दान दिइरहेको छु 
                              । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै 
                              सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।
                              
                              
                              राती सुत्नु भन्दा पहिला 
                              
                              
                              
                              आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो 
                              अवस्थालाई स्थिर बनाऔं । चेक गरौं—
                              
                              
                              आज मैले दिन भरमा कुनै कुराको अवज्ञा 
                              त गरिन 
                              ? 
                              
                              यदि गरेको भए बाबालाई बताउँं । कसैको 
                              मोह या आकर्षणमा बुद्धि त फँसेन 
                              ? 
                              
                              आफ्नो कर्मको चार्ट बनाउँं । ३० 
                              मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट 
                              स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो 
                              बनाएर सुतौं ।